तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रिमियर लिग: चितवन राइनोजले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चितवन राइनोजले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा फाइनल प्रवेशका लागि चितवनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यससँगै सुदूरपश्चिमले बलिङ गर्नेछ । 

यस खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । शनिबार हुने फाइनल खेलमा विजयी टोलीले लुम्बिनी लायन्ससँग खेल्नेछ ।

चितवनको प्लेइङ ११ मा कप्तान रवि बोपारासहित   कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेककुमार यादव, रन्जित कुमार, उस्मा मीर, सलाउद्दीन खान, कमिल मिरशा र डेभिड मलान छन् । 

त्यस्तै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमको टोलीमा विनोद भण्डारी, फाबियन एलेन, आरिफ शेख, इशान पाण्डे, थारिन्दु रत्नायके, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, दीपक बोहरा र जर्ज मुन्से छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button