तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको कलङ्कीबाट आठ र मोरङको बेलबारीबाट चार जुवाडे नगदसहित पक्राउ

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ कलङ्की बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट उनीहरूलाई नगद ६१ हजार ३१० रुपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको हो । 

त्यस्तै मोरङ, बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु चार जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८२५ रुपैयाँ र ११ थान कौडासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button