तपाईँ सुन्दै हुनुहुन्छः

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

काठमाडौँ । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवतीको उद्धार भएको छ । उद्धार गरी उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो ।

मङ्गलसेन नगरपालिका–४ निवासी ती महिलालाई मङ्गलबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत उद्धार गरिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button