सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गर्नुभएको छ ।
रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरेपछि अहिले मुजेलियास्थित छठघाट पुग्नुभएको हो ।

जनकपुरधामका तालतलैया घाटहरू सजावटसहित आकर्षक रहेको, व्रतालुहरू पूजाआजामा रमाइरहेको तथा छठ पर्वलाई लक्षित गरी धनुषा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्