तपाईँ सुन्दै हुनुहुन्छः

असिना पानीको डरले इलामका किसानलाई धान भित्र्याउने चटारो

इलाम । बुधबार इलामका विभिन्न स्थानमा असिनासहित वर्षा भएपछि किसानहरूमा पाकेको धानबाली जोगाउने चिन्ता बढेको छ। मौसममा आएको परिवर्तनसँगै फेरि पानी पर्ने र असिनाले धानबालीमा क्षति पुर्‍याउन सक्ने आशङ्काले किसानहरू यतिबेला धमाधम धान काटेर भित्र्याउन व्यस्त भएका छन्।

खेतमा पाकेर पहेँलपुर भएको धान समयमै नभित्र्याए वर्षा र असिनाका कारण क्षति पुग्न सक्ने भएकाले किसानहरू हतारमा धान काट्न जुटेका हुन्। वर्षभरि गरेको मेहनत र लगानीबाट उत्पादन भएको बाली मौसमकै कारण नष्ट हुने जोखिम बढेपछि किसानहरूलाई धान भित्र्याउने चटारो परेको छ।

विशेषगरी असिना पानीपछि मौसमको भर नहुँदा किसानहरू घाम लागेको समयको सदुपयोग गर्दै खेतमै धान काट्ने, सुकाउने र घर भित्र्याउने काममा लागेका छन्। किसानका लागि अहिले पाकेको धान सुरक्षित रूपमा भित्र्याउनु नै मुख्य चिन्ताको विषय बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button