देउसी भैलोमा अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना पक्राउ
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० महिलावार बजारबाट सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले कार्तिक २६ गते राति करिब १२:०५ बजे उनीहरूलाई नियन्त्रणमा लिई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरीका सूचना अधिकारी चन्द्रकिशोर शाहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा जिल्ला रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ बस्ने २१ वर्षीय प्राप्ती बस्नेत रहेका छन्। प्रहरीले परम्परागत देउसी भैलो कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिएको छ।







प्रतिक्रिया राख्नुहोस्