भीमफेदी इभी दुर्घटना : अभदेस यादवले गुमाए श्रीमती, दुई भाइ र तीन सन्तान

मकवानपुर । छठ पर्व मनाउन परिवारका सदस्यलाई गाडीमा चढाएर पठाएका सर्लाहीको चक्रघट्टा–४ का अभदेस यादवले भीमफेदी ईभी दुर्घटनामा श्रीमती, दुई भाइ र तीन सन्तान गुमाउनुभएको छ।
दुर्घटनामा यादव परिवारका छ जना सदस्यको मृत्यु भएको छ भने उहाँकी एक छोरी घाइते भएकी छन्। घाइते छोरीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

एकै परिवारका छ जना सदस्य गुमाएपछि यादव परिवार अहिले शोकमा डुबेको छ।









प्रतिक्रिया राख्नुहोस्