तपाईँ सुन्दै हुनुहुन्छः

दण्डपाणि नन्दकुमारी राष्ट्रिय पुरस्कार प्रा.डा.पौड्याललाई

काठमाडौँ । दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार -२०८३ प्रा.डा.वीणा पौड्याललाई अर्पण गरिएको छ। 

मौलिक संस्कृति र कलाको अध्ययनमा पुऱ्याएको योगदानको कदर गर्दै पचास हजार रुपैयाँ राशिको सो पुरस्कार प्रा।डा। पौड्याललाई  आज काठमाण्डौमा आयोजित कार्यक्रममा अर्पण गरिएको छ ।

पुरस्कार अर्पण कार्यक्रममा प्रा डा जयराज आचार्यले राष्ट्रिय प्रतिभालाई केन्द्रले सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति केन्द्रका महासचिव कपिल चन्द्र खनालका अनुसार देशको संस्कृति, कला, दर्शन, इतिहास, भाषा, साहित्यलगायत राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने प्रतिभालाई केन्द्रले प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

गोरखाको इतिहास, संस्कृति, शिक्षा तथा समाजसेवामा योगदान पुर्‍याउनुभएका दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६२ सालमा काठमाडौँमा दण्डपाणि अर्ज्याल स्मृति केन्द्र स्थापना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button