तपाईँ सुन्दै हुनुहुन्छः

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको थियो । 

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यवस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिनुभयो । 

मुग्लिन र धादिङ तर्फबाट छ वडा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो । उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । गए राति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button