तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण नेपाल दोस्रो वार्षिकोत्सव मनाउँदै


काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी नेपाल) ले आज आफ्नो दोस्रो वार्षिकोत्सव मनाउँदैछ।


वि.सं. २०८१ असोज २२ गते तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारणसम्बन्धी ऐन प्रमाणीकरण गर्नुभएपछि सोही वर्ष कात्तिक २३ गतेदेखि ऐन कार्यान्वयनमा आएको थियो। उक्त ऐनअनुसार रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक सेवा प्रसारण नेपाल स्थापना गरिएको हो।


सार्वजनिक सेवा प्रसारणको अवधारणालाई संस्थागत गर्दै नागरिकलाई विश्वसनीय, निष्पक्ष र समावेशी सूचना, शिक्षा तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको हो।


रेडियो नेपाल र नेपाल टेलिभिजनले स्थापनाकालदेखि नै नेपाली समाजलाई सुसूचित गर्न, राष्ट्रिय संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न र लोकतान्त्रिक मूल्य–मान्यताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।


दोस्रो वार्षिकोत्सवले सार्वजनिक प्रसारण सेवालाई थप पहुँचयोग्य, उत्तरदायी र नागरिकको आवश्यकता तथा अपेक्षाप्रति संवेदनशील बनाउने प्रतिबद्धतालाई पुनः स्मरण गराएको छ।


सूचना प्रविधिको तीव्र विकास र बदलिँदो सञ्चार परिवेशसँगै सार्वजनिक सेवा प्रसारणलाई थप प्रभावकारी, प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै लैजानु पीएसबी नेपालका लागि चुनौती र अवसर दुवै रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button