तपाईँ सुन्दै हुनुहुन्छः

झापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद

झापा । सशस्त्र प्रहरी बल, नेपालले भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ ।   

आज दिउँसो १२ः०० बजेतिर सशस्त्र प्रहरी बल नेपालको २ नं. गणबाट खटिएको गस्ती टोलीले भद्रपुर नगरपालिका वडा नं। ५ स्थित देवीबस्ती इलाकामा रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरको फूलमाला बरामद गरेको गणपति सचिन कर्माचार्यले जानकारी दिनुभयो ।

बरामद गरिएका सयपत्री लगायतका फूलमालाहरू गणको कार्यालय परिसरभित्र खाली जग्गामा खाल्डो खनी पुरेर नष्ट गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा स्थानीय किसानले उत्पादन गरेको फूल नै तिहारमा पर्याप्त हुने जनाउँदै आयातित पूmल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन जारी गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button