तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेललाई काठमाडौँ महानगरपालिकाको निमन्त्रणा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सो निमन्त्रणा प्रदान गर्नुभएको हो ।

कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरका जनप्रतिनिधि र अन्य महानुभावहरूको पनि सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button