सल्यानका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षा प्रवद्र्धन परियोजना

सल्यान । सल्यानका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षा प्रवद्र्धन परियोजना सञ्चालन हुने भएको छ । सिद्ध कुमाख, कुमाख र दार्मा गाउँपालिकाका २४ विद्यालयमा कार्यक्रम सञ्चालन हुने भएको हो ।
परियोजनाले अपाङ्गता भएका बालबालिका, सिमान्तकृत तथा सङ्कटापन्न अवस्थामा रहेका बालबालिका, विद्यालय बाहिर जोखिममा रहेका बालबालिका लक्षित रहेको कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनका कार्यक्रम व्यवस्थापक सुरेश भण्डारीले जानकारी दिनु भयो । यसबाट १९ हजार ४२६ जना लक्षित वर्ग लाभान्वित हुने अपेक्षा गरिएको उहाँको भनाई छ । उहाँका अनुसार ७ हजार ४२६ जना प्रत्यक्ष र १२ हजार जना अप्रत्यक्ष रुपमा लाभान्वित हुने छन् भने ५०० जना अपाङ्गता भएका व्यक्ति रहने छन् ।
चारवर्षसम्म सञ्चालन हुने परियोजनाले तीनवटै पालिकाका २४ विद्यालयमा समावेशी शिक्षाको अभ्यास विस्तार गर्दै सबै बालबालिकाको शिक्षामा समान पहुँच, सहभागिता र सिकाईको अवसर अभिवृद्धि गर्ने लक्ष्य राखिएको भण्डारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्