तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

काठमाडौँ । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

शपथपछि अर्थमन्त्री डा वाग्लेले निर्देशन दिँदै नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button