गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो । यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै आइएको थियो ।
आजैको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेको थियो ।
नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गर्नुभएको छ । विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मनुभएका डा केसी २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्