तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख अर्यालद्वारा विषयगत समितिका सभापतिहरूसँग छलफल

काठमाडौँ । सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ।

छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गर्नुभयो । साथै, विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि उहाँले प्रोत्साहित गर्नुभयो।

“विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र प्रक्रियाको पालना गर्नुपर्छ। सम्बन्धित दल तथा विषय विज्ञहरूसँग आवश्यक छलफल गरी औचित्यपूर्ण संशोधन प्रस्ताव राख्नुहोस्,” सभामुख अर्यालले भन्नुभयो।

उहाँले विधेयकहरूमाथि गहन र घनीभूत छलफल गरी समितिको कामकारबाहीलाई प्रभावकारी तथा परिणाममुखी बनाउन पनि समेत आग्रह गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button