अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता भएको छ ।

मिश्रीले आज अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भेटमा उहाँहरूले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नुभयो । त्यस अवसरमा अर्थ सचिव डा घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया राख्नुहोस्