तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । 

जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ । उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । पोखरा भने अहिलेसम्म जितविहीन छ । उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो । पोखरा आज लुम्बिनीलाई हराएर पहिलो जित दर्ता गर्ने योजनामा छ । 

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले २ रनको रोमाञ्चक जित निकालेको थियो ।

जारी संस्करणको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले रु एक करोड ५० लाख पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button