विराटनगरमा करम पूजा सम्पन्न
मोरङ । झागड उराव राष्ट्रिय मुक्ति मोर्चा नेपालको आयोजनामा परम्परागत तथा सांस्कृतिक पर्व करम पूजा विराटनगरमा सम्पन्न भएको छ।

झागड उराव समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने करम पूजामा समुदायका महिला, पुरुष तथा युवायुवतीहरूको सहभागिता रहेको थियो। पूजामा करम वृक्षको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा समुदायको उन्नतिको कामना गरिएको थियो।
कार्यक्रममा मुण्डा समुदायको मौलिक संस्कृति, परम्परा, भेषभूषा तथा नृत्य–सङ्गीत समेत प्रस्तुत गरिएको थियो। सहभागीहरूले करम पर्वले समुदायको मौलिक पहिचान र पुस्तौँदेखि चलिआएको संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्