गलौंदीमा पृथ्वीराजमार्ग भासियो: ब्याक कटिङ गरी आज साँझसम्म सडक खुलाउने तयारी
काठमाडौँ। सडक विभागले धादिङको गजुरीनजिक गलौंदीमा भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाउन काम अघि बढाएको छ।
त्रिशूली नदीका कारण सडक भासिएपछि अवरुद्ध भएको खण्ड खुलाउन एक्जाभेटरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ।
स्थानीय तहसँग समन्वय गरी सडकको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। आज साँझसम्म ब्याक कटिङको काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्