तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा दोहोरो दर्ता भएका १ हजार १९८ मतदाताको नाम हटाइयो

काभ्रेपलाञ्चोक । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ । यस क्रममा दुई हजार ६०२ मतदाताको नाम हटाइएको छ । 

उक्त कार्यालयका अनुसार दोहोरो दर्ता भएका एक हजार १९८, मृत्यु भएका एक हजार ४०२ र नागरिकता परित्यागका दुई जनाको नाम हटाइएको हो । 

निर्वाचन आयोगले २०८४ वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । काभ्रेपलाञ्चोकमा गत प्रतिनिधिसभा निर्वाचनमा तीन लाख २६ हजार ६११ मतदाता थिए । 

नाम हटेका सबैभन्दा धेरै भुम्लु गाउँपालिकाका हुन् । उक्त पालिकाबाट ४४७ जनाको नाम कट्टा गरिएको छ ।  पनौती नगरपालिकाबाट ४३८ जनाको नाम हटाइएको छ भने नमोबुद्ध नगरको ३९० जनाको नाम कट्टा भएको छ ।

यसैगरी, बनेपा नगरका ३२०, धुलिखेलका १७७, मण्डनदेउपुरका १०२ पाँचखालका १३८, महाभारतको चाैँरीदेउरालीका ११८, रोशीका ९९, बेथानचोकका ८८, तेमालका ८२ र खानीखोलाका ६८ जनाको नाम हटाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button