सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस गरेको छ ।
आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
परिषद्का अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्