मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेल्दै
काठमाडौँ । विश्व फुटबलका स्टार लियोनेल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेल्दै छन् । अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय टोलीका लागि आफ्नो अन्तिम उपस्थिति जनाउनेछन् ।

ब्युनस एरिसस्थित मोनुमेन्टल रङ्गशालामा बुधबार खेल हुनेछ । मेसीको अन्तिम खेल हेर्न ८० हजारभन्दा बढी समर्थक रङ्गशालामा उपस्थित हुने अपेक्षा गरिएको छ । दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय करिअरमा मेसीले अर्जेन्टिनाका लागि २०८ खेल खेलेका छन् । सन् २००५ मा पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका मेसीले १२५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
मेसीको क्लब करिअर भने तत्काल समाप्त हुने छैन ।








प्रतिक्रिया राख्नुहोस्