सरकारले देशभर २७ क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने
काठमाडौँ । सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजनाअनुसार २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने भएको छ ।

यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले देशको खेलकुद क्षेत्रको विकासका लागि परियोजना अघि बढाइएको जानकारी गराउँदै लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई अघि बढाउन एमओयू महत्वपूर्ण हुने बताउनुभयो ।
सरकारका अनुसार नयाँ खेल पूर्वाधार निर्माण भएपछि स्थानीय तथा क्षेत्रीय स्तरमा खेल गतिविधि विस्तार गर्न सहज हुनेछ । यसबाट खेलाडीलाई अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक संरचना उपलब्ध हुने अपेक्षा गरिएको छ । छनोट भएका स्थानमा निर्माण कार्य तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको उनले मन्त्री पोखरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्