नाम्सी पुलको पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ ।
शुक्रबार बेलुकी माथिबाट ढुङ्गा खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले मेशिन तथा उपकरण परिचालन गरी पहिरो हटाएपछि अहिले सडक सञ्चालनमा आएको जनाएको छ ।
सो क्षेत्रमा अझै पहिरोको जोखिम कायमै रहेकाले सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई सावधानीपूर्वक सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्