नाम्सी पुलमा ढुङ्गा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट ढुङ्गा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।
शुक्रबार राति करिब ९ः१५ बजे माथिबाट ढुङ्गा खसेपछि सडक एकतर्फी अवरुद्ध भएको हो । सो क्षेत्रमा अझै ढुङ्गा खस्ने क्रम नरोकिएकाले सवारी आवागमनमा जोखिम बढेको छ ।
यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई रातको समयमा विशेष सावधानी अपनाउन र सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्