तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी)अर्यालले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तर व्यवस्थापिका सङ्घ (आइपीयु)को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराउनुभएको थियो ।

भेटमा आइपियु महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button