तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा: जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर अपराधजन्य कुनै पनि घटनामा दोषी प्रमाणित भएकालाई कारबाही गरिए त्यसमा आफ्नो पार्टीको तर्फबाट समर्थन रहने स्पष्ट गर्नुभयो ।

नेता शाहीले रोजगारीका लागि युवा विदेश जान बाध्य हुने अवस्थाको अन्त्य नभएको भन्दै स्वदेशमा उद्योग, कलकारखाना, स्वास्थ्य संस्थाको थप विकास गर्न आग्रह गर्नुभयो ।

उहाँले बाढीपीडितलाई उचित राहत, क्षतिपूर्तिसहित चाँडो पुनः स्थापनाका लागि ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button