तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पाण्डेद्वारा मनाङका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।

चामे पुगेर उहाँले स्थानीय जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा सम्बन्धित कार्यालय प्रमुखहरूसँग छलफल गर्दै अवरुद्ध सडक, पुल र खानेपानी पूर्वाधार शीघ्र सञ्चालन गर्न निर्देशन दिनुभयो।

निरीक्षणका क्रममा उहाँले ठाडो खोलामा गएको पहिरो र त्यसबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको थियो। स्थानीयले सडक सञ्चालन, खानेपानी, खाद्यान्न तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको माग राखेका थिए।

मुख्यमन्त्री पाण्डेले प्रभावित नागरिकको जनजीवन सहज बनाउन आवश्यक कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो। प्रदेशबाट सम्भव नहुने दीर्घकालीन योजनाका लागि सङ्घीय सरकारसँग समन्वय गरिने उहाँको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button