पाल्पामा सडक भासिँदा सिद्धार्थ राजमार्ग अवरुद्ध, ठूला सवारी सञ्चालनमा रोक
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथागढी गाउँपालिका–१ घैरेनीमा आज बिहान सडक भासिएपछि यातायात सेवा अवरुद्ध भएको छ । सडकको ठूलो भाग भासिएर क्षति पुगेपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सडक भासिएका कारण यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ ।

जिल्ला ट्राफिक प्रमुख राजेन्द्र खड्काका अनुसार सडक डिभिजनको प्राविधिक टोली घटनास्थलमा पुगेको छ । टोलीले सडकको अवस्थाबारे अध्ययन गरेपछि यातायात सञ्चालनका लागि आवश्यक विकल्प खोजिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार सडक भासिएको स्थानको अवस्था हेरेर मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत यातायात सुचारु गरिने छ ।सडकको अवस्था सामान्य नहुँदासम्म उक्त क्षेत्रमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्