कालीगण्डकी नदीमा आएकाे बाढी हेर्न पुगेका बागलुङका एक जनाको लडेर मृत्यु
बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्न पुगेका बागलुङका एक जनाको लडेर मृत्यु भएको छ ।
कालीगण्डकी नदीले पर्वतको जलजलास्थित फर्सेगाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
कालीगण्डकी नदीमा बढेको बहावपछि भएको कटान हेर्न ढिकमा गएका गोतामेकोे भीरबाट झण्डै १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्