पहिरो खसेर मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौँ । मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको छ । पहिरोका कारण केही समय नदीको बहाव रोकिए पनि अहिले आंशिक रूपमा सुचारु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङबाट प्राप्त सूचनाअनुसार पहिरो खस्ने क्रम अझै जारी रहेकाले मर्स्याङ्दी नदीको तटीय क्षेत्र, करिडोर तथा आसपास बसोबास गर्ने बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सतर्क रहन आग्रह गरिएको छ ।
पहिरोका कारण नदीको बहावमा पुनः अवरोध आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्