कुलेखानी ड्यामको पानी जोखिम विन्दु नजिक, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मकवानपुर। लगातारको भारी वर्षाका कारण कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्दै १,५२६ मिटर पुगेको छ। पानीको तह जोखिम नजिक पुगेपछि नेपाल विद्युत प्राधिकरण र कुलेखानी प्रथम जलविद्युत् केन्द्रले तटीय तथा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेकाे छ।
पूर्वसूचना अनुसार जलाशयमा पानीको सतह १,५२७ मिटर पुग्नेबित्तिकै पहिलो चेतावनी स्वरूप साइरन बजाइनेछ।
प्राधिकरणका अनुसार पानीको सतह निरन्तर बढी रहेकाले ड्याम तथा तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च सावधानी र सतर्कता अपनाउन भनिएको छ। साथै, यो सूचना सम्भावित जोखिमयुक्त क्षेत्रका अरू बासिन्दासम्म पुर्याई सबैलाई सुरक्षित रहन सहयोग गरिदिन जलविद्युत् केन्द्रले हार्दिक अपिल गरेको छ।








प्रतिक्रिया राख्नुहोस्