तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा हुरीले धानबालीमा क्षति

राँझा (बाँके)।लगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ ।

नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ ।

कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button