कोशीमा पानीको बहाव ३ लाख १६ हजार ७९६ क्युसेक
सुनसरी । देशकै सबैभन्दा ठूलो नदी सप्तकोशीमा यस वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आज बिहान ६ बजेर १५ मिनेटमा कोशीमा पानीको बहाव ३ लाख १६ हजार ७९६ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको हो ।
नदीले खतराको सतह पार गरेपछि कोशी ब्यारेजका ४३ वटै ढोका खोलिएको छ ।
पानीको बहाव बढेसँगै उदयपुर र सुनसरीका केही क्षेत्रमा नदीको भेल पस्ने जोखिम बढेको छ । सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सप्तकोशी आसपासका बासिन्दालाई अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।
निरन्तरको वर्षाका कारण कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ब्यारेजका दुवैतर्फ रातो बत्ती बालिएको छ ।
कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीमा सुरक्षाकर्मीले माइकिङ गरी स्थानीयलाई सतर्क गराइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्