रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

रौतहट । जिल्ला प्रशासन कार्यालयले अझै केही दिन लगातार भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आमसर्वसाधारणसँग अनुरोध गरेको छ ।
विशेषगरी नदी तथा खोला आसपासका बस्तीमा बसोबास गर्दै आएका, बालबालिका, वृद्धवृद्धा, बिरामी, गर्भवती तथा सुत्केरी, नियमित रुपमा औषधि सेवनकर्ता, शारीरिक रुपमा कमजोर भएका र अतिआवश्यक कामको सिलसिलामा लामो दूरीको यात्रामा हिँड्नु पर्नेहरूलाई लक्षित गरी सावधानी अपनाउन जिल्ला प्रशासनले अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले आज एक सूचना जारी गरी अति आवश्यक काम पर्दाबाहेक रातिको समयमा लामो दूरीका यात्रा नगर्न, यात्राका क्रममा जोखिम देखिए बीचमै उत्रिएर सुरक्षित स्थानमा रहन, मौसम प्रक्षेपणसम्बन्धी सूचना लिएर मात्र हिँडडुल गर्न र मौसम प्रतिकूल रहेको अहिलेको अवस्थामा समस्या देखिए स्थानीय निकाय तथा सुरक्षाकर्मीसँग सम्पर्क गरी सुरक्षित रहन सबैसँग अनुरोध गर्नुभएको हो । रासस








प्रतिक्रिया राख्नुहोस्