तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सांसदहरूको सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा आफ्ना विचार राख्नुभएको छ । 

बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले हालै सुरक्षाकर्मी र भन्सार अधिकृत बीच कुराकानी भएको अडियोले  सुरक्षाकर्मी र कर्मचारीको  मनोबल गिराउने हुँदा बाहिरिएको अडियोबारे छानविन गरी सत्यतथ्य बाहिर ल्याउन  सरकारसँग माग गर्नुभयो । 

नेपाली युवाहरूले स्वदेशमै रोजगारीको अवसर पाउनुपर्ने, कर्मचारी सरुवा र बढुवा विधि र प्रक्रियाबाट मात्रै गर्न एउटा अलग्गै संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै सांसदहरुले  घाइते जेनजी र सहिद परिवारसँग सरकारले गरेको २३ बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । 

बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाका सडकको क्षमता अध्ययन गरेर मात्रै सार्वजनिक यातायातको संख्या बढाउनुपर्ने र निर्वाचन ताका प्रतिबद्धता जनाएअनुसार तत्काल युवा लक्षित नीति र अवसर ल्याउन सरकारसँग माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button