इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीसँग सम्बन्धित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय परश थापा र ३५ वर्षीय सागर रेग्मी रहेका छन् ।प्रहरीका अनुसार रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो भने थापा जिल्ला प्रशासन कार्यालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका पूर्वकर्मचारी हुनुहुन्थ्यो ।को १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल आज बिहान २ बजेर ५५ मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते थापाको बिहान ५ बजेर ११ मिनेटमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । रेग्मीको भने बिहान ४ बजेर ५२ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्