तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ । 

श्वासप्रश्वासमा समस्या भई आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्पतालमा बेहोस अवस्थामा उपचारका लागि लगिएका गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा दिवाकार सिंह थापाले जानकारी दिनुभयो ।

इलाममा सन् १९६० मा जन्मनुभएका लेखक समेत रहनुभएका गौतम गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक पनि हुनुहुन्थ्यो । उहाँको आइतबार अन्त्येष्टि गरिने जनाइएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button