तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ३ पुग्यो 

सल्यान । सल्यानमा शनिबार बिहान भएको बोलेरो गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

त्रिवेणी गाउँपालिका ५ सिम्कका ५० वर्षीय डिल्ली बहादुर वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वलीको मृत्युसँगै जिप दुर्घटनामा मृत्यु हुनेको सख्या तीन पुगेको हो । 

यस अघि सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा त्रिवेणी गाउँपालिका ६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र वडा न ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकीको मृत्यु भएको थियो । 

त्रिवेणी गाउँपालिका ५ सिम्कबाट दाङ तुलसीपुर जाँदै गरेको लु.प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो सिम्कमा दुर्घटना भएको थियो । दुर्घटनामा अन्य तीन जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button