प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मधेशका विद्यालयहरूमा विद्यार्थी संख्या बढी र शिक्षक दरबन्दी कम हुँदा शिक्षाको गुणस्तरमा असर परेको भन्दै तराई मधेशका विद्यालयहरूमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले गरिमा चौधरी बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई कारबाही गर्नुको सट्टा उन्मुक्ति दिएको, महिलाहरूले अझै सडकमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको र खाना पकाउने ग्याँसमा कालो बजारी भएको भन्दै अपराधका घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले सरकारभन्दा माफिया ठूलो भएर जनताले कालो बजारी भोग्नुपरेको भन्दै सांसदहरुले मन्त्री फेर्दैमा कालो बजारी अन्त्य नहुने बताउनुभयो ।
सरकारले सार्वजनिक खरिद प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन प्रयोग हुँदै आएको अनलाइन प्रणाली ह्याक भएको कारण देखाउँदै बन्द गरेको भन्दै सांसदहरुले २०७० सालदेखि सञ्चालन हुँदै आएको इजिपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्