भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६७ जनाको शव फेला
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ६७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

जसमध्ये रसुवामा १ सय ७४, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २७ र नवलपरासी पश्चिम २ सय २२ जना गरी १ हजार ३ सय ६७ जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शवको व्यवस्थापन अर्थात् माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
यस्तै शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९८ वटा डिएनए नमुना सङ्कलन गरिएको र पहिचान नभएको १ हजार २ सय ९५ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
यसैगरी हालसम्म बाढीका कारण प्रभावित १३ हजार ५ सय ८३ जनाको उद्धार गरिएको छ भने बाढीपछि बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्