तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रबीच चालु आर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन गरिने प्रमुख कार्य तथा हासिल गर्नुपर्ने उपलब्धिका सम्बन्धमा कार्यसम्पादन करार सम्झौता भएको छ ।

मन्त्रालयमा मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको हो । सम्झौतामा मन्त्रालयका नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका प्राथमिकताका विषयलाई निर्धारित समय, लागत र गुणस्तर कायम गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

मन्त्री चौधरीले सम्झौतामा उल्लेखित लक्ष्य तथा कार्यक्रमलाई परिणाममुखी ढङ्गले कार्यान्वयन गर्न सचिव डा मिश्रलाई निर्देशन दिँदै मन्त्रालयका कामलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button