मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टङ्कार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ ।
डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै समितिको ७९औँ बैठकमा नेपाललाई सम्मान गरिएको हो । धनुष्टङ्कार (टिटानस) ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने एक गम्भीर रोग हो ।
टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा मिश्रालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ । सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख छ ।रासस








प्रतिक्रिया राख्नुहोस्