तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा २० वर्षभन्दा कम उमेरका किशोरी संस्थागत प्रसूतिको दर १६ प्रतिशत

रोल्पा । रोल्पामा २० वर्षभन्दा कम उमेरका किशोरीबाट हुने संस्थागत प्रसूतिको दर पछिल्लो आर्थिक वर्षमा १६ प्रतिशत रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

जिल्लाको स्वास्थ्यसम्बन्धी सूचकाङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका किशोरी महिलाको संस्थागत प्रसूति दर १९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा घटेर १६ प्रतिशत पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा पनि यो दर १६ प्रतिशत रहेको स्वास्थ्य कार्यालय प्रमुख माधव राउत जानकारी गराउनुभयो ।

स्थानीय तहगत तथ्याङ्क हेर्दा थबाङ गाउँपालिकामा २० वर्षमुनिका किशोरीको संस्थागत प्रसूति सबैभन्दा बढी २९ प्रतिशत रहेको छ । थबाङमा आर्थिक वर्ष २०८०/८१ मा २१ प्रतिशत र २०८१/८२ मा १९ प्रतिशत रहेको थियो ।

त्यस्तै, रुन्टीगढी गाउँपालिकामा २८ प्रतिशत, गङ्गादेव गाउँपालिकामा २५ प्रतिशत, माडी गाउँपालिकामा १७ प्रतिशत, रोल्पा नगरपालिकामा १५ प्रतिशत, परिवर्तन गाउँपालिकामा १३ प्रतिशत र त्रिवेणी गाउँपालिकामा १३ प्रतिशत रहेको छ ।

यसैगरी, सुनछहरी गाउँपालिकामा १८ प्रतिशत, लुङ्ग्री गाउँपालिकामा ११ प्रतिशत र सुनिल स्मृति गाउँपालिकामा सबैभन्दा कम ५ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

सुनिल स्मृति गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा १२ प्रतिशत रहेको २० वर्षमुनिका किशोरीको संस्थागत प्रसूति २०८१/८२ मा ८ प्रतिशत हुँदै आर्थिक वर्ष २०८२/८३ मा ५ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button