आरम्भ कप राष्ट्रिय अन्तर विद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि
काठमाडौँ । आरम्भ कप राष्ट्रिय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण यही भदौ ३१ देखि असोज २ गतेसम्म हुने भएको छ ।
ठमेलस्थित आरम्भ संस्कार विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत अखिल नेपाल टेबल टेनिस सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
सोमबार आयोजक आरम्भ संस्कार विद्यालयले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूबाट महिला र पुरुष दुवै खेलाडी तथा टिमहरूको सहभागिता रहनेछ ।








प्रतिक्रिया राख्नुहोस्