तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र नेपाल टेलिकमबीच सहकार्य हुने

काठमाडौँ । नेपाल टेलिकम र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

आम नागरिकलाई प्रभावकारी टेलिकम सेवा र टेलिकमका व्यावसायिक तथा विश्वसनीय सूचना तथा समाचार सेवा प्रवाह गर्न टेलिकम र रेडियो नेपालबीच  सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका तर्फबाट कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले हस्ताक्षर गर्नुभयो ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि गरिएको सम्झौताले राज्य मातहतका दुवै संस्थाले नागरिकलाई प्रदान गर्ने सेवा, सूचना र समाचारलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

सम्झौता २०८३ श्रावण १ गतेबाट लागू भई २०८४ असार मसान्तसम्म १ वर्षको हुने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button