‘समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रको लगानी आवश्यक’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ।

धनगढीमा बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले निजी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना गर्न र निजी क्षेत्रबाट प्राप्त सुझावलाई नयाँ बजेटमार्फत सम्बोधन गरिने बताउनुभयो। उहाँले प्रदेशको आवश्यकता, सम्भावना र जनअपेक्षालाई सम्बोधन हुने गरि चाँडै बजेट ल्याउने उल्लेख गर्दै विकासको प्रतिफल आउने गरि बजेट, कार्यक्रम तथा योजना निर्माण गरिने बताउनुभयो ।
मुख्यमन्त्री भट्टले विकास, सामाजिक न्याय सुशासनलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो। उद्योगी व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रदेशको आर्थिक समृद्धिका लागि सरकारी र निजी क्षेत्रका बिच सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पुष्पराज कुवरको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल, आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्ण प्रकाश भट्ट, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो।








प्रतिक्रिया राख्नुहोस्