तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २९० पुग्यो, ४ हजार ७९८ अझै बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ जना बालक, ४५ जना बालिका, २५० जना महिला र ४२७ जना पुरुषको शव फेला परेको छ।

यस्तै, ५३२ जनाको आंशिक अंग फेला परेको तथा दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म १ हजार १४३ जना मृतक र ७१९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ।

बाढीमा परी स्वदेशी तथा विदेशी गरी अझै ४ हजार ७९८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button