तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु  

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

आज दिउँसो करिब ४ः०० बजे नौडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग२५प९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग१ज २४९३ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक आँधिखोला गाउँपालिका–६ का २४ वर्षीय घनश्याम ढकाल घाइते हुनुभएको थियो ।

घाइते ढकाललाई उपचारका लागि पोखरा पठाइएकोमा गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्सी चालक पुतलीबजार ५ बास्कोटाका ३९ वर्षीय हरिराम पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button